काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लगातारको वर्षा र त्यसबाट उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा डुबान जोखिमलाई मध्यनजर गर्दै काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सवारी आवतजावत तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
बिज्ञापन
शनिबार बिहान जारी विज्ञप्तिमा प्राधिकरणकी प्रवक्ता शान्ति महतले असोज १८, १९ र २० गतेसम्म उपत्यकासँग जोडिएका सबै राजमार्गमार्फत हुने लामो दूरीका सवारीसाधनको सञ्चालन रोकिएको उल्लेख छ।
बिज्ञापन
प्राधिकरणले यातायात व्यवसायी, सर्वसाधारण तथा सम्बन्धित निकायलाई अत्यावश्यक बाहेकका कुनै पनि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ। साथै, सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सवारी सञ्चालन रोकथाम तथा निरन्तर अनुगमनमा खटिन निर्देशन दिइएको छ।
हाल कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म मध्यमदेखि भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी असोज २० गतेसम्म वर्षा जारी रहने सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्