जेनजी आन्दोलनका शहीद परिवारद्वारा ओली र लेखकविरुद्ध किटानी जाहेरी

२०८२ आश्विन २१, मंगलवार १६:३८

काठमाडौं: असोज २१ — जेनजी युवाको आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते शहीद भएका व्यक्तिहरूका परिवारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्।

बिज्ञापन

शहिद परिवारका सदस्यहरू मंगलबार दिउँसो जिल्ला प्रहरी परिसर, काठमाडौं पुगेर उक्त जाहेरी दर्ता गरेका थिए । उनीहरू सोमबार नै जाहेरी दर्ता गर्न प्रहरी परिसर गएका हुन्। तर प्रहरीले जाहेरी लिन अस्वीकार गरेको आन्दोलनका अगुवा सुदन गुरुङले बताएका छन्।

बिज्ञापन

उनका अनुसार प्रहरी प्रशासनले प्रारम्भमा जाहेरी लिने प्रक्रियामा सहयोग नगरेको गुनासो छ। यद्यपि मंगलबार पुनः निवेदन दिँदा प्रहरी परिसरले जाहेरी दर्ता गरेको जनाइएको छ।

बिज्ञापन
२०८२ आश्विन २१, मंगलवार १६:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना