काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका नेता रमेश लेखकलाई पक्राउ गर्न अस्वीकार गर्दै आफूले त्यसो गर्नुभन्दा बरु राजीनामा दिन तयार भएको बताएका छन्।
बिज्ञापन
उनका अनुसार कानून र प्रक्रियाअनुसार अघि बढ्ने प्रहरी संगठनले राजनीतिक आदेशमा कुनै व्यक्तिलाई गिरफ्तार गर्न सक्दैन। खापुङले भने, “प्रहरी राजनीतिक दबाबमा होइन, कानूनी आधारमा चल्छ। यदि त्यस्तो आदेश आउँछ भने म त्यसमा सहभागी हुने छैन, बरु पद छोड्नेछु।”
बिज्ञापन
यद्यपि यस विषयमा सरकारले औपचारिक टिप्पणी दिएको छैन। तर प्रहरी स्रोतका अनुसार, पछिल्ला दिनमा राजनीतिक दबाब र प्रहरी संगठनको स्वायत्तता सम्बन्धी बहस तीव्र बनेको छ।
प्रतिक्रिया दिनुहोस्