काठमाडौं । पत्रकार दिवाकर शाहले देशमा विदेशी हस्तक्षेप बढ्दै गएको दाबी गर्दै गम्भीर अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, “देश INGO को कब्जामा पुगेको छ, नेपालीलाई नेपालीसँग जुधाएर विदेशी सेना ल्याइँदै छ।”
बिज्ञापन
शाहले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै आफूले अघि राखेका विषयलाई हल्का रूपमा लिइएकोमा दुःख व्यक्त गरेका छन्। उनले भने, “मैले अस्ति भिडियो बनाउँदा धेरैले मजाक बनाए, तर सत्य मेरो साथमा छ।”
बिज्ञापन
उनका अनुसार, उनले उठाएका संवेदनशील विषयका कारण आफ्नो ज्यान जोखिममा परेको छ। शाहले भनेका छन्, “मेरो हत्या हुन सक्छ, तर म सत्य बोलेर मर्ने छु। पत्रकारिताको धर्म यही हो।”
शाहले मध्यरातमा पूर्वप्रधानन्यायाधीश शुशिला कार्कीलाई भेट्न दूतावासको गाडीको लाइन पुगेको विषयमा शंका व्यक्त गर्दै त्यसबारे CCTV फुटेज सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
बिज्ञापन
उनले देशका नागरिकलाई सचेत रहन आग्रह गर्दै भने, “सक्कली जनताका आवाजलाई दबाइन्छ, तर पानी बाँड्नेहरू मन्त्री बन्ने अवस्था आएको छ। सबै नेपाली जाग्नु जरुरी छ।”



प्रतिक्रिया दिनुहोस्