काठमाडौँ । ‘टिओबी’ लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेका युवकलाई प्रहरीले म्याद थपका लागि आज जिल्ला अदालत काठमाडौँ पेश गरेको हो ।
बिज्ञापन
जेनजी आन्दोलनको पहिलो दिन संसद भवनतर्फ प्रदर्शनकारीलाई ठूलो आवाजमा मोटरसाइकल टोलीका साथ उक्साउँदै लैजाने समूहका रूपमा ती युवकहरू पहिचान गरिएको प्रहरीले जनाएको हो।
बिज्ञापन
प्रहरी स्रोतका अनुसार, उनीहरू ‘फ्री तिब्बत’ अभियानसँग सम्बन्धित रहेका शंका गरिएको छ। नेपालले तिब्बतलाई चीनको अभिन्न अंगका रूपमा मान्ने औपचारिक नीति लिँदै आएको छ।
यसअघि आन्दोलनका क्रममा ‘टिओबी’ लेखिएको टिसर्ट र हतियारसहितको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा भएको थियो।
प्रतिक्रिया दिनुहोस्