काठमाडौं : भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर २२ प्रदर्शनकारीको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।
बिज्ञापन
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सेनाले आन्दोलनका क्रममा मृत्यु भएकामध्ये २२ जना मात्र प्रदर्शनकारी रहेको र बाँकी मृतकमध्ये ३ जना प्रहरी, १० जना कैदी तथा ४१ जना अन्य व्यक्ति भएको जानकारी दिएको हो। सेनाका अनुसार टिचिङ अस्पतालमा रहेका ११ शवको पहिचान अझै खुल्न बाँकी छ।
बिज्ञापन
सेनाले दिएको विवरण अनुसार आन्दोलनका क्रममा देशभर ६८८ सरकारी कार्यालय, २५९ निजी निवास, १२८ व्यापारिक प्रतिष्ठान, १९८ राजनीतिक दलका कार्यालय र ३०७ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएका छन्।
त्यस्तै, आन्दोलनका क्रममा ९७८ थान हातहतियार लुटिएको मध्ये ५८६ वटा फिर्ता गराइसकिएको र १५ हजार ५८८ जना कैदीबन्दीमध्ये ८ हजार ७९९ जना पुनः नियन्त्रणमा लिइसकिएको सेनाले जनाएको छ।
बिज्ञापन
सेनाका प्रवक्ताले जनताको ज्यान र सम्पत्तिको सुरक्षालाई प्रमुख प्राथमिकता दिएर सुरक्षा निकायहरू परिचालन गरिएको र बाँकी व्यक्तिहरूको पहिचान र नियन्त्रणका प्रयास जारी रहेको बताए।



प्रतिक्रिया दिनुहोस्