दाङमा सिङ्गो वडा नै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

२०८२ आश्विन ३०, बिहीबार १९:१०

काठमाडौं ।
दाङ जिल्लामा एकैपटक सिङ्गो वडा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेको छ। वडाका जनप्रतिनिधि, विभिन्न दलका कार्यकर्ता र स्थानीय नागरिकहरू सामूहिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

बिज्ञापन

पार्टी प्रवेश कार्यक्रम दाङको एक वडामा विशेष समारोहबीच सम्पन्न गरिएको थियो। कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश संयोजक र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले पुराना दलप्रति जनताको मोह घट्दै गएको र वैकल्पिक राजनीतिक शक्ति रास्वपातर्फ जनताको आकर्षण बढ्दो क्रममा रहेको बताएका छन्।

बिज्ञापन

रास्वपामा प्रवेश गर्नेहरूलाई पार्टीका नेताहरूले स्वागत गर्दै अबको राजनीति जनताको हितमा र पारदर्शी शासन व्यवस्थाका लागि अघि बढाइने बताएका छन्।

रास्वपाका प्रदेश संयोजकले भने, “जनताले अब विकास, इमानदारी र जवाफदेही नेतृत्व खोजिरहेका छन्। दाङबाट आएको यस्तो सामूहिक समर्थनले हामीलाई अझै बल मिलेको छ।”उनको भनाइ छ ।

बिज्ञापन

पार्टीका अनुसार आगामी प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा दाङलाई रास्वपाको बलियो आधार क्षेत्र बनाउने रणनीति तयार पारिएको छ।

२०८२ आश्विन ३०, बिहीबार १९:१० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना