काठमाडौं । तिहारको पाँचौँ दिन आज देशभर हर्षोल्लासका साथ भाइटीका मनाइँदै छ। दिदीबहिनीहरूले दाजुभाइको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका छन्।
बिज्ञापन
धार्मिक परम्परा अनुसार, आजको दिन यमराज र यमुनाको भेटको सम्झना स्वरूप मनाइन्छ। दाजुभाइले दिदीबहिनीलाई उपहार र आशीर्वाद दिँदै सम्बन्ध अझ प्रगाढ बनाउँछन्।
बिज्ञापन
घरघरमा पूजा, टीका र मिठाइको रौनक छ। काठमाडौंदेखि गाउँसम्म भाइटीकाले पारिवारिक माया र एकताको संदेश फैलाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, भाइटीकाको शुभसाइत बिहान ११:०२ बजे रहेको छ।



प्रतिक्रिया दिनुहोस्