काभ्रे — काभ्रेपलाञ्चोकको भकुन्डे बेसिमा अहिले हरियाली र समृद्धिको दृश्य देखिन्छ। खेतका गरामा लहलह झुलेको धानका बाला हल्लिँदा गाउँभरि सुनौलो रौनक छाएको देखिन्छ। किसानहरू अहिले तिहार सगेसगै धान काट्ने चटारोमा रहेकोे देखिन्छन्।
बिज्ञापन
स्थानीय किसानहरूका अनुसार समयमै पानी परेको र मौसम अनुकूल रहेकाले यस वर्ष धानको उत्पादन राम्रो हुने आशा गरिएको छ। गाउँका खेतहरूमा सुनौलो धानका बाला लहरिँदा किसानहरूको महिनौंको मेहनत सार्थक बन्दै गएको अनुभूति भएको छ।
बिज्ञापन
भकुन्डे क्षेत्रका अधिकांश बालीयोग्य जमिनमा जिरा मसिनो,हाइब्रेट धान लगाइने गरिएको छ। यो धानको चामल स्वादिलो, उच्च गुणस्तरको र बजारमा राम्रो मूल्यमा बिक्री हुने भएकाले किसानको रोजाइमा पर्ने गरेको छ।
स्थानीय किसान रामबहादुर तामाङ भन्छन्, “यो वर्ष पानी समयमै पर्यो, बाली पनि राम्रो फल्दै छ। उत्पादन राम्रो भए हाम्रो गाउँमा यो वर्ष सुनौलो मुस्कान छाउनेछ।”
बिज्ञापन
धानका बाला हावासँग लहरिँदा काभ्रेको भकुन्डे बेसि अहिले साँच्चिकै हरियाली सौन्दर्यले भरिएको देखिन्छ।



प्रतिक्रिया दिनुहोस्