रुपन्देहीका चार उद्योगले तिरे बक्यौता, विद्युत् सेवा पुनः सुचारु

२०८२ कार्तिक १८, मंगलवार १०:००

काठमाडौं। डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गर्दै आएका रुपन्देहीका चार उद्योगहरूले नेपाल विद्युत प्राधिकरणलाई बक्यौता रकमको पहिलो किस्ता बुझाएपछि प्राधिकरणले काटिएको लाइन पुनः जडान गरेको छ।

बिज्ञापन

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता बुझाएका हुन्।

बिज्ञापन

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार २०७२ माघदेखि २०७५ वैशाखसम्मको डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापतको महसुलको पहिलो किस्ता बुझाएपछि ती उद्योगहरूको विद्युत् लाइन जडान गरिएको हो।

उद्योगहरूले तिरेको बक्यौता रकम यस प्रकार छः

बिज्ञापन

पञ्चकन्या प्लास्टिक उद्योग – रु २४ लाख ६३ हजार

पञ्चकन्या स्टील इण्डष्ट्रिज – रु ५२ लाख १९ हजार

सिद्धार्थ पेटप्लान्ट – रु १ करोड ८३ लाख

श्याम प्लास्टिक – रु ४९ लाख १० हजार

यद्यपि उद्योगहरूले बक्यौतालाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता बुझाएका हुन्।

सम्पादक= गंगालाल रिमाल पर्वत

२०८२ कार्तिक १८, मंगलवार १०:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना