बिरगंज, पर्सा ।
बिरगंज भन्सार नाकामा गाडी चेकपोस्टमार्फत नियमित चेकजाँचका क्रममा नेपाल प्रहरीमाथि भारतीय नेताले गरेको दुर्व्यवहार सार्वजनिक भएपछि सीमा सुरक्षाबारे गम्भीर प्रश्न उठेको छ।
बिज्ञापन
घटनाका प्रत्यक्षदर्शीका अनुसार, मङ्गलवार दिउँसो करिब ३ बजे भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा इन्डियन नम्बर प्लेट भएको एउटा निजी सवारीसाधनलाई भन्सार नाका स्थित चेकपोस्टमा प्रहरीले रोकि कागजात र गाडी नम्बर entry गर्ने (जाँच तथा विवरण मिलाउने) प्रक्रिया अघि बढाएको थियो।
बिज्ञापन
तर सो सवारीमा सवार एक व्यक्तिले आफू भारतीय राजनीतिक दलसँग आबद्ध नेता भएको बताउँदै प्रहरीलाई लक्षित गर्दै “तिम्रो नाम के हो? मलाई रोक्ने तिमी को हौ ?” भन्दै जथाभावी शब्द प्रयोग गरेको प्रहरीले जनाएको छ।
डिउटीमा खटिएका प्रहरीका अनुसार, सो व्यक्तिले सरकारी कर्मचारीप्रति अनुचित व्यवहार मात्र गरेनन्, बरु चेकजाँचमा अवरोध पुर्याउने प्रयाससमेत गरे। घटनापछि उपस्थित स्थानीयहरू र अन्य स्थानीयहरुले पनि यस्तो दादागिरीपूर्ण व्यवहारप्रति रोष प्रकट गरेका छन्।
बिज्ञापन
प्रहरी निरीह ? जनताको प्रश्न
नेपाल प्रहरी देशको सुरक्षाको पहिलो पंक्तिमा खटिएको निकाय हो। तर भन्सार नाकाजस्तो संवेदनशील क्षेत्रमा समेत प्रहरीलाई यस्तो हेपाहा व्यवहार सहनुपर्ने अवस्था आएको भन्दै स्थानीयहरूले आक्रोश व्यक्त गरेका छन्।
“के हाम्रो देशमा कानुन छैन ? प्रहरी निरीह हुनुपर्ने किन ?” भन्दै स्थानीयहरूले प्रहरीका वरिष्ठ हाकिम र अहिलेको सरकारसँग जवाफ मागेका छन्।
भन्सार नाका नेपालको प्रमुख आर्थिक ढोका
बिरगंज एकीकृत भन्सार चेकपोस्ट (ICP) नेपालको सबैभन्दा व्यस्त नाकामध्ये एक हो। यहाँ दैनिक सयौं सवारीसाधनहरूको आवतजावत हुने गर्छ। त्यसैले गाडीको नम्बर, कागजात र सवारीधनीको विवरण entry (चेकजाँच) गर्नु प्रहरी र भन्सार अधिकारीको नियमित दायित्व हो।
तर यही कानुनी प्रक्रिया पालना गर्ने क्रममा राज्यका प्रतिनिधिमाथि विदेशी नागरिक वा नेताबाट अपमानजनक व्यवहार हुनु गम्भीर विषय बनेको छ।
छानबिनको माग
घटनाबारे विस्तृत छानबिन गर्नुपर्ने र यस्तो घटनाको पुनरावृत्ति रोक्न सरकार र प्रहरी प्रशासनले स्पष्ट नीति ल्याउनुपर्ने माग तीव्र बनेको छ।
साथै, भन्सार क्षेत्रमा कार्यरत सुरक्षाकर्मीको सम्मान र कानुनी अधिकार सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
समष्टि समाचार, बिरगंज ।



प्रतिक्रिया दिनुहोस्