काठमाडौं । नेपाल बाइबल सोसाइटीले आफ्नो स्थापना दिवसको अवसरमा भव्य कार्यक्रमसहित ५०औं वार्षिकोत्सव (स्वर्ण महोत्सव) मनाएको छ। सो समारोह ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड नेपालमा सम्पन्न भएको हो।
बिज्ञापन
उक्त कार्यक्रममा धार्मिक अगुवा,समाजसेवी,सरोकारवाला संस्था तथा अतिथिहरूको सहभागिता रहेको थियो। सो अवसरमा संस्थाको पाँच दशक लामो सेवा, समाजमा गरेको योगदान र भविष्यका योजनाबारे विस्तृत चर्चा गरिएको थियो।
बिज्ञापन
नेपाल बाइबल सोसाइटीका प्रतिनिधिहरूले संस्थाले विगत ५० वर्षदेखि नेपाली भाषामा बाइबल प्रकाशन, वितरण र अध्ययन प्रोत्साहनमार्फत समाजमा आध्यात्मिक जागरण ल्याउने कार्यमा निरन्तर योगदान दिइरहेको उल्लेख गरे।
उत्सवमा भजन, धन्यवाद प्रार्थना, सम्मान कार्यक्रम तथा विभिन्न सांस्कृतिक र धार्मिक प्रस्तुति पनि गरिएको थियो। कार्यक्रममा सहभागितामार्फत सहभागीहरूले संस्थाप्रतिको कृतज्ञता र शुभकामना व्यक्त गरेका थिए,भने पुस्तक प्रकाशन गरिएको थियो
बिज्ञापन
नेपाल बाइबल सोसाइटीले आफ्ना आगामी वर्षहरूमा पनि अनुवाद, प्रकाशन तथा वितरणका माध्यमबाट बाइबलको सन्देश अझ व्यापक रूपमा पुर्याउने प्रतिबद्धता जनाएको छ।
तस्वीरहरु= पत्रकार डेविड प्रधान






प्रतिक्रिया दिनुहोस्