झापा । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार तीव्र बनाएको छ। बिर्तामोडका विभिन्न वडामा भएका वडा अधिवेशनमार्फत पार्टीले गाउँ–गाउँमा सशक्त संगठन विस्तार अभियान अघि बढाएको हो।
बिज्ञापन
अधिवेशनहरूमा स्थानीय कार्यकर्ता र जनताहरूको उल्लेखनीय सहभागिता देखिएको छ। सहभागीहरूले आउँदो निर्वाचनमा “पुरै गाउँ, पुरै ठाउँ घन्टी बजाउने” भन्दै उत्साह व्यक्त गरेका छन्।
बिज्ञापन
संगठन विस्तारसँगै स्थानीय नेताहरूले भने, “राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राज्यले जालझेलमा फसाएको हो। यो राजनीतिक प्रतिशोधका आधारमै गरिएको कार्य हो,” स्थानीय नेताले टिप्पणी गरे।
उनीहरूले थपे, “जनताले अब पुरानो पार्टीहरूको खेल बुझिसकेका छन्, रास्वपाको नेतृत्वमा नयाँ राजनीतिक विकल्पको खोजी सुरु भएको छ।”



प्रतिक्रिया दिनुहोस्