समष्टि न्यूज | काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख सल्लाहकार अजय अभद्र खनाल र गोविन्दसँग जेनजेड २.०का प्रतिनिधिहरूले मंगलबार प्रधानमन्त्री कार्यालयमा भेटघाट गरी लामो छलफल गरेका छन्।
बिज्ञापन
भेटमा नागरिक बचाउ अभियानसँग आबद्ध अभियन्ताहरू पनि सहभागी थिए। छलफलका क्रममा देशको व्यवस्थागत सुधार, नागरिक अधिकार संरक्षण र सरकार–नागरिक सम्बन्ध सुदृढीकरणका विषयमा विस्तृत संवाद भएको बताइएको छ।
बिज्ञापन
जेनजेड २.०का प्रवक्ता अबिन लिम्बूले छलफलका क्रममा आन्दोलनको उद्देश्य सरकारविरुद्ध नभई नागरिक हितका पक्षमा रहेको स्पष्ट पारे। उनले भने, “यो नागरिक सरकारको विपक्षमा जोसुकै आन्दोलन गर्छ, उसले पहिले आफ्नै छातीमा कुल्चेर मात्र सरकार सामु जान सक्छ, त्यसपछि हेरौँला।”
भेटका क्रममा जेनजेड २.०ले आफ्नो माग र सुझाव समेटिएको सुझावपत्र प्रधानमन्त्री कार्यालयमा हस्तान्तरण गरेको थियो।
बिज्ञापन
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजय अभद्र खनालले अभियानका प्रतिनिधिहरूका भनाइ र सुझावहरूलाई सकारात्मक रूपमा लिइएको बताएका छन्। उनले भने, “सरकार नागरिकको आवाज सुन्न तयार छ। जेनजेड २.०को प्रस्तुत सुझावहरूलाई समीक्षा गरी आवश्यक नीति निर्माणमा सन्दर्भका रूपमा प्रयोग गरिनेछ।”
भेटमा जेनजेड २.० तर्फबाट कार्यसम्पादन समितिका सदस्य हेमराज खड्का, घाइते निरक बहादुर खड्का, सदस्य सचिव कुन्दन कुसुवाहा, सचिवालय प्रमुख रबिन कुमार शाह, सदस्य गौरव देवकोटा, बिपिन दुलाल लगायतका अभियानकर्मीहरू उपस्थित थिए।



प्रतिक्रिया दिनुहोस्