चितवनमा रास्वपाको विस्तारित बैठक सुरु, देशभरका प्रतिनिधिहरूको उत्साहपूर्ण सहभागिता

२०८२ कार्तिक २१, शुक्रबार १५:२७

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा आयोजना गरेको विस्तारित बैठक आजदेखि पूर्ण रूपमा सुचारु भएको छ। बैठकमा ७७ वटै जिल्लाबाट आएका प्रतिनिधिहरू, प्रदेश प्रमुखहरू, केन्द्रीय नेताहरू, कार्यकर्ता तथा शुभचिन्तकहरूको बाक्लो उपस्थिति रहेको छ।

बिज्ञापन

दुई दिनसम्म चल्ने भनिएको यो विस्तारित बैठकमा पार्टीको आगामी राजनीतिक रणनीति, सांगठनिक सुदृढीकरण तथा आगामी निर्वाचन तयारीबारे विस्तृत छलफल हुने जनाइएको छ।
बैठकमा सहभागी नेताहरू र कार्यकर्ताहरूमा विशेष उत्साह र उमङ्ग देखिएको छ। चितवनमा रास्वपाको यो बैठकले पार्टीभित्र नयाँ ऊर्जा र एकताको सन्देश दिएको टिप्पणी गरिएको छ।

बिज्ञापन

२०८२ कार्तिक २१, शुक्रबार १५:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना