एमालेको कार्यक्रममा सहभागी हुन गाउँपालिकाले बिदा दिएको आरोप

२०८२ कार्तिक २२, शनिबार ११:३०

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले नेकपा (एमाले) पार्टीको कार्यक्रममा सहभागी हुनका लागि कर्मचारीहरूलाई बिदा दिएको आरोप लागेको छ।

बिज्ञापन

गाउँपालिकामा कार्यरत कर्मचारी रोशन कार्कीले सामाजिक सञ्जालमार्फत पार्टी कार्यक्रममा सहभागी हुन बिदा प्रदान गरिएको जानकारी दिएका छन्। उनले भनेका छन्, “हामी एमालेका सिपाही हौँ, कसले रोक्न सक्छ? पार्टी कार्यक्रममा जान नगरपालिकाले पनि बिदा दिन्छ।”उनले भने

बिज्ञापन

सो पोस्टलाई लिएर स्थानीयवासी र सामाजिक सञ्जाल प्रयोगकर्ताबीच आलोचना भइरहेको छ। उनीहरूले सरकारी कार्यालयबाट राजनीतिक दलको कार्यक्रमका लागि बिदा दिनु गैरराजनीतिक आचरणविपरीत भएको प्रतिक्रिया दिएका छन्।

यस विषयमा गाउँपालिकाको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन।

बिज्ञापन
२०८२ कार्तिक २२, शनिबार ११:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना