मधेस प्रदेशका प्रदेश प्रमुखद्वारा राति होटलमै मुख्यमन्त्रीको शपथ, स्थानीय आक्रोशित

२०८२ कार्तिक २४, सोमबार ०८:२६

बर्दिबास,
मधेस प्रदेशका प्रदेश प्रमुखले संविधानको उल्लङ्घन गर्दै चोरी शैलीमा मुख्यमन्त्रीको शपथ ग्रहण गराएको आरोप लागेको छ। प्राप्त जानकारी अनुसार बर्दिबास नगरपालिका–३ स्थित पानस कटेज होटलमा राति नै नयाँ मुख्यमन्त्रीलाई शपथ गराइएको हो।

बिज्ञापन

स्थानीयवासीका अनुसार प्रदेश प्रमुख काठमाडौँ उपचारका लागि जाने बहानामा बर्दिबास पुगेका थिए तर राति नै उक्त होटलमा शपथ समारोह सम्पन्न गराइएको हो।
“यो नितान्तै गैरकानुनी र असंवैधानिक कार्य हो,” एक जना आक्रोशित स्थानीयले भने, “संविधानको धज्जी उडाउँदै रातिको अँध्यारोमा मुख्यमन्त्री बनाउने खेल खेलियो।”

बिज्ञापन

घटनाबारे आधिकारिक निकायबाट भने अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन। तर सामाजिक सञ्जालमा भने यस घटनाले व्यापक चर्चा पाइरहेको छ।

बिज्ञापन
२०८२ कार्तिक २४, सोमबार ०८:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना