काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव मधुकर बस्नेतले हालै नेपाल ट्रस्ट सञ्चालन समितिको बैठक र त्यसका निर्णयहरूलाई लक्षित गर्दै व्यङ्ग्यात्मक शैलीमा सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।
बिज्ञापन
बस्नेतले लेखेका छन् “बैठकको नाम ‘नेपाल ट्रस्ट सञ्चालन समिति’, तर काम भने देशको सम्पत्ति निजी ट्रस्टमा ट्रान्सफर!”
बिज्ञापन
उनका अनुसार प्रधानमन्त्री संरक्षक, मन्त्री अध्यक्ष र सचिव सदस्य भए पनि सबैको लक्ष्य एउटै छ “जनताको सम्पत्ति आफ्नै सन्तानका नाममा संरक्षण।”
बस्नेतले थपे, “कलम चल्दा जग्गा सर्छ, फाइल सर्छ र देश हेरेर बस्छ। राम्रो भाषामा लेखिएको ‘निर्णय’ को अर्थ भने एउटै देश हाम्रो हो, जनता दर्शक हुन्।”
बिज्ञापन
अन्त्यमा उनले ती निर्णयहरूलाई “नेपाल सम्पत्ति वितरण महोत्सव – २०७३” भनेर व्यङ्ग्य गर्दै लेखेका छन्, “यो बैठक होइन, देशको सम्पत्ति बाँड्ने महोत्सव हो।”
बस्नेतको उक्त व्यङ्ग्यात्मक लेख सामाजिक सञ्जालमा अहिले चर्चा र प्रतिक्रिया पाइरहेको छ।





प्रतिक्रिया दिनुहोस्