काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले आवश्यक सबै प्रक्रिया पूरा भएपछि बुधबार पार्टीका प्रतिनिधिलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो।
बिज्ञापन
पार्टीका नेताहरूका अनुसार, नागरिक उन्मुक्ति पार्टी नेपालले देशमा नागरिक अधिकार, सामाजिक न्याय र पारदर्शी शासन प्रणाली स्थापनाका लागि काम गर्ने उद्देश्य राखेको छ।
बिज्ञापन
दल दर्ता पछि पार्टीले आगामी निर्वाचनहरूमा सहभागी हुने तयारी थालेको छ। यससँगै नेपालको राजनीतिक दलहरूको सूचीमा नागरिक उन्मुक्ति पार्टी नेपाल पनि थपिएको छ।
निर्वाचन आयोगका अनुसार हालसम्म नेपालमा १३० भन्दा बढी राजनीतिक दल दर्ता भइसकेका छन्।



प्रतिक्रिया दिनुहोस्