कपिलेश्वर (नुवाकोट)।
लिखु गाउँपालिका–६ का सौरभ न्यौपानेले चिकित्सा शिक्षा प्रवेश परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै देशभर २०५औँ स्थान (र्याङ्क) प्राप्त गरेका छन्। मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षा (MECEE)–२०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै उनले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन्।
बिज्ञापन
सौरभले सेई बोर्डिङ स्कुल, कपिलेश्वरबाट एसईई उत्तीर्ण गरेका थिए भने पछिल्ला वर्षहरूमा उनले काठमाडौँस्थित बिष्णुमती आवासीय माध्यमिक विद्यालय (BST College) मा अध्ययन गरेका हुन्।
बिएसटी कलेजले सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै लेखेको छ –
बिज्ञापन
“विद्यार्थी सौरभ न्यौपानेले एमबीबीएस इन्ट्रान्समा उत्कृष्ट सफलता हासिल गरेकोमा बधाई तथा शुभकामना। उहाँको मेहनत र समर्पणले विद्यालय परिवारलाई गर्वित बनाएको छ।”
सेई बोर्डिङ स्कुलका प्रधानाध्यापक राजन खतिवडाले सौरभ मेहनती, अनुशासित र लक्ष्यप्रति समर्पित विद्यार्थी भएको बताउँदै भने,
बिज्ञापन
“उनको उपलब्धि सम्पूर्ण विद्यार्थीका लागि प्रेरणादायी बनेको छ। सौरभको निरन्तर प्रगतिका लागि विद्यालय परिवारले शुभकामना व्यक्त गर्दछ।”
सोही विद्यालयका शिक्षक दिपेन्द्र सुवेदीले सौरभको सफलता नुवाकोटका विद्यार्थीहरूका लागि उच्च शिक्षामा अघि बढ्ने हौसला बनेको बताए।
उनका अनुसार, “ग्रामीण क्षेत्रका विद्यार्थीले पनि कडा मेहनत र सही मार्गदर्शन पाए उत्कृष्ट नतिजा दिन सक्ने उदाहरण सौरभ हुन्।”
सौरभ न्यौपानेको यो उपलब्धिले स्थानीय समुदाय र विद्यालय परिवार दुवैलाई गर्वित बनाएको छ।



प्रतिक्रिया दिनुहोस्