पूर्वमन्त्री रमा आलेमगर टिचिङ अस्पतालको आईसीयूमा उपचाररत

२०८२ मंसिर ३, बुधबार १०:४५

काठमाडौँ । पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य रमा आलेमगर काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आईसीयूमा उपचाररत रहेको उनका निजी सचिवालयले जानकारी दिएको छ।

बिज्ञापन

सचिवालयका अनुसार आलेमगर लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आइरहेकी छन्। अवस्था जटिल भएपछि केही दिनअघि उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएकामा हाल आईसीयू राखेर उपचार भइरहेको जनाइएको छ।

बिज्ञापन

उनी अहिले चिकित्सकको विशेष निगरानीमा रहेको तथा स्वास्थ्य अवस्थामा केही सुधारका संकेत देखिए पनि पूर्ण रूपमा सामान्य हुन समय लाग्ने अस्पताल स्रोतले जनाएको छ।

बिज्ञापन
२०८२ मंसिर ३, बुधबार १०:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना