रास्वपाको संगठन विस्तार अभियान तीव्र, विशिष्ट व्यक्तित्व भोलि पार्टीमा प्रवेश गर्दै

२०८२ मंसिर ३, बुधबार २०:२८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलिस्थित घण्टीघर–चामतीमा पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमका क्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरू औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने भएका छन्।

बिज्ञापन

पार्टीका केन्द्रीय (Rat) बिभागका सदस्य ऋषिराम बरालका अनुसार विशेष तयारीसहित भोलिको कार्यक्रम आयोजित गरिएको छ। नयाँ प्रवेशकर्ताहरूलाई पार्टी उपसभापति डिपी अर्यालले पार्टी सदस्यता सहित ब्याज प्रदान गर्ने र स्वागत कार्यक्रम रहेकोे उनले बताए।

बिज्ञापन

रास्वपाले पछिल्ला महिनाहरूमा पार्टी संगठन विस्तारलाई प्राथमिकता दिँदै व्यवसायिक तथा सामाजिक क्षेत्रमा सक्रिय समूहहरूलाई आकर्षित गर्दै आएको छ। यही अभियानअन्तर्गत भोलिको कार्यक्रमलाई महत्वपूर्ण मानिएको बरालले बताए ।

पार्टीले संगठन विस्तारसँगै आगामी राजनीतिक गतिविधि तथा आगामी चुनाव लक्षित रणनीति पनि सुदृढ गर्ने संकेत दिएको छ।

बिज्ञापन
२०८२ मंसिर ३, बुधबार २०:२८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना