रास्वपा पहिलो शक्ति बन्छ : उपसभापति डा. स्वर्णिम वाग्लेको दाबी

२०८२ मंसिर ४, बिहीबार २२:१९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनमा रास्वपालाई देशको पहिलो राजनीतिक शक्ति बनाउने दाबी गरेका छन्।

बिज्ञापन

बिहीबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले हाल चौथो स्थानमा रहेको रास्वपा अब एक नम्बरको पार्टी बन्ने लक्ष्यसहित अघि बढेको बताए।

विगतको राजनीतिक यात्राको स्मरण गर्दै वाग्लेले भने, “२०७९ साल मंसिर ४ गते घण्टी बोकेर मत माग्दा करिब १२ लाख मत ल्याएर रास्वपा छोटो समयमै स्थापित भएको हो। रवि लामिछानेज्यूको नेतृत्व र प्रारम्भिक पहलको जगमै आज पार्टी यो उचाइमा आएको छ।”

उनका अनुसार पार्टीभित्रको ऊर्जा, नेतृत्वको क्षमता र जनताको अपेक्षाको आधारमा रास्वपाले आगामी निर्वाचनमा उल्लेखनीय परिणाम निकाल्ने विश्वास लिएको बताए।

बिज्ञापन

२०८२ मंसिर ४, बिहीबार २२:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना