एमाले आन्दोलन विरुद्ध जेनजी युवाहरूको माइतीघरमा धर्ना, सुशीला कार्कीलाई राजीनामाको माग

२०८२ मंसिर ५, शुक्रबार १७:३७

काठमाडौँ । एमालेको आजको आन्दोलनलाई रोक्न जेनजी युवाहरूले माइतीघर मण्डलामा धर्ना तथा विरोध प्रदर्शन गरेका छन्। उनीहरूले एमालेको आन्दोलनलाई “जनविरोधी” भन्दै सडक अवरोध गर्ने गतिविधि बन्द गर्न आग्रह गरेका छन्।

प्रदर्शनमा सहभागिहरूले पूर्वमूख्य न्यायाधीश तथा प्रधानमन्त्री नेतृ सुशीला कार्कीले जेनजी पुस्ताका मागहरूलाई व्यवस्था गरेको आफ्नो सत्तालाई टिकाइराखेको आरोप लगाएका छन्। उनीहरूका अनुसार, कार्कीले जनताको आवाज सुन्नुपर्ने र युवापुस्ताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै तत्काल राजीनामा दिनुपर्ने माग राखिएको छ।



जेनजी समूहले सरकार र राजनीतिक दलहरूलाई जिम्मेवार बन्न, आन्दोलनका नाममा जनजीवन अस्तव्यस्त नबनाउन तथा युवाहरूको मुद्दालाई प्राथमिकतापूर्वक सम्बोधन गर्न चेतावनी पनि दिएको छ।
तस्वीरहरु=

oplus_2

oplus_2

बिज्ञापन

बिज्ञापन

२०८२ मंसिर ५, शुक्रबार १७:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना