काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचन लक्षित गरी सञ्चालन गरिएको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रम अन्तर्गत देशभर ८ लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।
बिज्ञापन
कार्यक्रमका लागि तोकिएको थप समयावधि सकिँदासम्म ८ लाख ३७ हजार ९४ जना नागरिकले नयाँ रूपमा मतदाता नाम दर्ता गराएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन्।




आयुक्त भण्डारीका अनुसार आयोगले निरन्तर रूपमा मतदाता दर्ता, अद्यावधिक र प्रविधिमैत्री प्रणालीमार्फत निर्वाचन प्रक्रिया सहज र विश्वासनीय बनाउन काम गरिरहेको छ। दर्ता संख्या उल्लेख्य रूपमा बढ्नु आगामी निर्वाचनप्रति जनताको सक्रियता र चासोको संकेत भएको आयोगको भनाइ छ।
बिज्ञापन
आयोगले अब दर्ता भएका नामहरूको विवरण प्रमाणीकरण, सच्याइने प्रक्रिया तथा अन्तिम नामावली प्रकाशनका काम अघि बढाउने तयारी गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्