कांग्रेस–एमाले छाड्दै भक्तपुरका सयौँ कार्यकर्ता रास्वपामा प्रवेश

२०८२ मंसिर ६, शनिबार २०:३०

काठमाडौं ।
भक्तपुरमा नेपाली कांग्रेस, नेकपा एमालेसहित विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौँ युवादेखि वृद्धसम्मका स्थानीयहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। स्थानीयस्तरमा नयाँ नेतृत्व, पारदर्शी राजनीति र उत्तरदायित्वपूर्ण शैलीप्रति आकर्षण बढेसँगै ठूलो संख्यामा सर्वसाधारण रास्वपामा खुलेर समर्थन जनाउँदै प्रवेश कार्यक्रममा सहभागी भएको रास्वपाले जनाएको छ।




पार्टी प्रवेश कार्यक्रममा रास्वपाका नेता तथा स्थानीय संयोजकहरूले नयाँ सदस्यहरूको स्वागत गर्दै भुक्तभोगीको आवाज सुन्ने, सुशासन प्रवर्द्धन गर्ने र नयाँ शैलीको राजनीतिक अभ्यासलाई संस्थागत गर्ने प्रतिबद्धता जनाएका थिए।

बिज्ञापन

कार्यक्रममा सहभागी भएका नयाँ सदस्यहरूले पुरानै शैलीको राजनीति, गुटगत झगडा र मनपरी निर्णयले राजनीति प्रति मोहभंग भएको बताउँदै रास्वपाबाट परिवर्तनको आशा बोकेर प्रवेश गरेको बताएका छन्।

बिज्ञापन

रास्वपाले भक्तपुरलाई संगठन विस्तारको महत्वपूर्ण केन्द्र मानेर आगामी निर्वाचनलाई लक्षित गर्दै विभिन्न टोल–वडामा आफ्नो संरचना विस्तारलाई तीव्रता दिएको जनाएको छ।

बिज्ञापन
२०८२ मंसिर ६, शनिबार २०:३० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना