एमालेको ‘लालकिल्ला’मा रास्वपाको विजय : सिमरा खानेपानी उपभोक्ता समितिमा UML प्यानल दोब्बर मतान्तरले पराजित

२०८२ मंसिर ८, सोमबार १४:३८

काठमाडौं ।
बाराको जीतपुरसिमरा उप–महानगरपालिकास्थित सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्यानलले ऐतिहासिक जीत हात पारेको छ। लामो समयदेखि एमालेको प्रभावशाली क्षेत्र मानिने सिमरामा रास्वपा निकट उम्मेदवारहरूले सबै पदमा एकतर्फी विजय हासिल गरेका हुन्।

बिज्ञापन

अध्यक्ष पदमा रास्वपा–निकट युवराज न्यौपानेले UML–निकट प्रतिस्पर्धीलाई दोब्बर मतान्तरले पछि पार्दै विजयी बने। त्यस्तै सदस्यसहित सबै पदहरूमा रास्वपा समर्थित प्यानलले सहज रूपमा जित हात पारेको छ। सदस्य पदमा सूर्यसिंह क्षेत्री सहित सबै उम्मेदवार विजयी भएका छन्।




स्थानीय तहमा रास्वपाप्रति बढ्दो जनसमर्थन पुनः पुष्टि गर्ने परिणामका रूपमा यो जितलाई हेरिएको छ। UML–निकट समूहले भने अप्रत्याशित रूपमा पराजय भोगेको बताइएको छ।

बिज्ञापन

यस जीतसँगै सिमरा क्षेत्रमा रास्वपाको प्रभाव झनै विस्तार हुने देखिएको छ।

बिज्ञापन
२०८२ मंसिर ८, सोमबार १४:३८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना