सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनको माग गर्दै जेन्जी अगुवा किरणको आह्वान

२०८२ मंसिर ११, बिहीबार ११:२५

काठमाडौं । बीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा बोल्दै जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले देशलाई चकित पारिरहेको राजनीतिक अस्थिरताको समाधान सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनमार्फत मात्रै सम्भव हुने धारणा व्यक्त गरेका छन्।

बिज्ञापन

किरणका अनुसार हालको सरकारले “कुप्रक्रिया र सांठगाठ” मार्फत सत्ता सम्हालेकाले जनताको विश्वास गुमाउँदै देशलाई थप अनिश्चिततामा धकेलेको आरोप छ। भाद्र २३–२४ गते युवापुस्ताले सुरु गरेको विद्रोहलाई बेवास्ता गर्ने वा बद्नाम गर्ने प्रयासको कडा चेतावनी दिदैँ उनले भने, “विद्रोहलाई अपमानित गर्ने वा कमजोर पार्ने कुनै पनि प्रयास स्वीकार्य हुँदैन।”




उनले सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले “राज्यविहिनताको फाइदा उठाउँदै सत्ता कब्जा गरेको” आरोपसमेत लगाए।

बिज्ञापन

सरकार बनेपछि देखिएका निर्णय र विवादित घटनाहरूलाई उदाहरण दिदैँ किरणले वर्तमान सत्ता गठबन्धनमाथि गम्भीर प्रश्न उठाए। उनले प्रस्तुत गरेका आरोपहरूमा—

अर्थमन्त्रीबाट डोल्मालाई दिइएको कर छुट,

बिज्ञापन

ऊर्जामन्त्री कुलमान घिसिङले ४३ करोड घाटा हुनेगरी गरेको विद्युत् सम्झौता,
१६–१७ वर्षका किशोरीलाई बेहोस बनाएर डिम्बे बिक्री गराउने गिरोहलाई महान्यायाधिवक्ताद्वारा उन्मुक्ति,

गृहमन्त्रीले आफ्नै काकालाई डिआईजी बनाउन दरबन्दी थपेको घटना,
प्रधानमन्त्रीका सोकीय सचिवले आफ्ना आसेपासेहरूलाई गरिएको राजनीतिक नियुक्ति

यी सबैलाई उनले “भ्रष्टाचार र लुटतन्त्रलाई संरक्षण गर्ने कार्य” का प्रस्ट प्रमाण रहेको दाबी गरे।

किरणले राजनीतिक दलभित्रका सुधारवादी र निष्ठावान् नेतृत्व, जेन्जी पुस्ता तथा असन्तुष्ट जनसमुदायलाई एउटै मोर्चामा समेट्दै सर्वपक्षीय सरकार गठन गरेर संविधान पुनर्लेखनको प्रक्रियामा तत्क्षण अघि बढ्नुपर्ने माग दोहोर्याए।

२०८२ मंसिर ११, बिहीबार ११:२५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना