काठमाडौ । भारतको हातरसस्थित BLS इन्टरनेशनल स्कूलमा सम्पन्न ८औँ भारत–नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण पदक हात पारेका छन् भने टिम फस्ट रनरअप बनेका छन् । भारतमा सम्पन्न प्रतियोगितामा नेपाली खेलाडीहरूको यो उपलब्धि र गर्वको विषय बनेको छ । उक्त खेलमा पदक दिलाउनेमा नेपालकाे तर्फबाट नुवाकोट सामरीका खेलाडीहरुकाे सहभागीता धेरै रहेको थियोे । समारोहमा सहभागी नेपाली खेलाडीहरूको पदक विवरण यस्तो छः
ओस्प्रिना तामाङ(१० वर्ष) – २ स्वर्ण पदक
सरोज तामाङ (१४ वर्ष) – २ स्वर्ण पदक
आयुष तामाङ (११ वर्ष) – २ स्वर्ण पदक
निराज तामाङ (१६ वर्ष) – १ स्वर्ण पदक
सुबिक्ष्या तामाङ (११ वर्ष) – १ स्वर्ण पदक
रोशन ओली (१६ वर्ष) – १ स्वर्ण पदक




विश्व बुडो शोतोर्यु कराते फेडेरेसन तथा कराते इन्डिया अर्गनाइजेशन (KIO) द्वारा अनुमोदित यो च्याम्पियनसिपमा नेपालका युवा खेलाडीहरूको प्रदर्शन निकै प्रभावशाली रहेको आयोजकहरूले बताएका छन् । नेपाली टोलीले विभिन्न उमेर र तौल वर्गमा अपूर्व कौशल प्रदर्शन गर्दै भारतमा नेपाली राष्ट्रिय झण्डाको गौरव उचाल्न सफल भएका छन् ।
बिज्ञापन
यस ऐतिहासिक सफलताले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सम्भावना अझ बलियो रहेको पुष्टि गरेको छ। खेलाडी, प्रशिक्षक तथा अभिभावकहरूले प्रसन्नता व्यक्त गर्दै अझ कडा मेहनत गर्ने प्रतिबद्धता जनाएका छन् । खेलाडीहरुले ऐतिहासिक पदक विजेता बनेकोमा नुवाकोट सामरीका कराँते प्रशिक्षक गणेश तामाङले खुसी व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्