रास्वपा इटहरी–९ को ऐतिहासिक वडा अधिवेशन भव्यताका साथ सम्पन्न

२०८२ मंसिर ११, बिहीबार २०:२९

इटहरी, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगरपालिका–९ को ऐतिहासिक वडा अधिवेशन आज भव्य र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

बिज्ञापन

अधिवेशनमा सहभागी स्थानीयहरूले रास्वपालाई आगामी राजनीतिक यात्राको ठोस विकल्पका रूपमा प्रस्तुत गर्दै व्यापक समर्थन जनाएका छन्।

बिज्ञापन

स्थानीयहरूका अनुसार देशमा देखिएको राजनीतिक अविश्वास, भ्रष्टाचार र निरन्तर विफलताबाट वाक्क भइसकेका जनताका लागि रास्वपा नयाँ आशा र परिवर्तनको शक्ति बनेको बताए।

यद्यपि रास्वपा सभापति रवि लामिछानेमाथि भएको ‘राजनीतिक प्रतिशोध’ को निन्दा गर्दै उनको रिहाइका लागि सरकारलाई चेतावनीसमेत दिएका थिए।




उनीहरू भन्छन्
“देश बनाउने हुटहुटी बोकेको नेतामाथि एमाले–काङ्ग्रेसले राजनीति प्रतिशोधका कारण जेल हालेका छन् हामीले बुझेका छौ। सरकारले उनको मुद्दामा न्याय दिन नसके जनताले नै आवाज उठाएर न्याय दिलाउन तयार छौँ।”स्थानीयहरुले भने

बिज्ञापन

साथै आगामी निर्वाचनमा काङ्ग्रेस र एमालेलाई जनताले भोटमार्फत कडा जवाफ दिने दाबी पनि गरे।

अधिवेशनले संगठन सुदृढीकरण, सदस्यता विस्तार र स्थानीय मुद्दामा सक्रियतापूर्वक जनतामाझ जाने रणनीति तय गरेको जनाएको छ।

२०८२ मंसिर ११, बिहीबार २०:२९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना