रास्वपा–विवेकशील साझा एकता: विपद् व्यवस्थापनको ३३ लाख रास्वपा र्यापिड एक्सन टिमको खातामा स्थानान्तरण

२०८२ मंसिर १५, सोमबार ०७:१५

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच भएको एकतापछि विवेकशील साझा पार्टीको विपद् व्यवस्थापन खातामा रहेको ३३ लाख रुपैयाँ औपचारिक रूपमा रास्वपा र्यापिड एक्सन टिम (RAT) को खातामा सारिएको छ।

बिज्ञापन

पार्टी एकताको संरचनात्मक समायोजन प्रक्रियाअन्तर्गत उक्त कोष रास्वपाको मातहतमा रहेर विपद् व्यवस्थापन तथा राहत वितरणका कार्यक्रममा सञ्चालन हुने व्यवस्था मिलाइएको छ।



र्यापिड एक्सन टिमका अनुसार कोष स्थानान्तरणसँगै टोलीले विपद् पीडित, असहाय तथा संकटमा परेका समुदायका लागि विभिन्न सामाजिक तथा मानवीय सेवा कार्य निरन्तर सञ्चालन गरिरहेको छ। आपत्कालीन उद्धार, राहत वितरण, स्वास्थ्य सहयोगजस्ता कार्यहरूलाई अझ प्रभावकारी रूपमा विस्तार गर्ने लक्ष्य केन्द्रिय (Rat) बिभागका सदस्य प्रेम थापाले जनाएको छ।

बिज्ञापन

यद्यपि सोही कार्यक्रमको बीच चेक हस्तान्तरण गरिएको थियो ।एकता पश्चात् पार्टीले सामाजिक उत्तरदायित्व तथा जनसेवा मूलक कार्यक्रमहरू एकीकृत भएर अघि बढ्ने अपेक्षा गरिएको बताए।

बिज्ञापन
२०८२ मंसिर १५, सोमबार ०७:१५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना