प्रथम काेपिला कप कराँते च्याम्पियनसिप सम्पन्न सभ्यता पाठशाला बन्यो च्याम्पियन

२०८२ मंसिर १५, सोमबार १७:५७

काठमाडौ । काेपिला इङलिस सेकेन्डरी स्कुलकाे अायाेजना र नेपाल साेताेकान कराँते संघ SKIF काे विशेष सहयोगमा सम्पन्न प्रथम काेपिला कप इन्टरस्कुल SKIF कराँते च्याम्पियनसिप २०२५ महालक्ष्मी नगरपालिका सानागाउँ सिद्धिपुर स्थित काेपिला इङलिस सेकेन्डरी स्कुल ललितपुरमा सम्पन्न भएको छ ।

बिज्ञापन

प्रतियोगितामा अाधा दर्जन बढी विद्यालयहरुकाे उपस्थिति रहेको थियोे । सभ्यता पाठशाला रानीवनले सबैभन्दा बढी पदक हाँसिल गर्दै प्रतियोगिताकाे शीर्षक चुमेर च्याम्पियन बन्न भएको हाे भने महेन्द्र अादर्श विद्यालय द्वितीय साथै भि एस निकेतन स्कुल तृतीय रहन सफल भएको छ ।



प्रतियोगितामा निर्णायक संयाेजककाे भुमिका अन्तर्राष्ट्रिय कराँते काेच तथा राष्ट्रिय निर्णायक अष्टविर लामाले गरेका थिए । कार्यक्रममा नेपाल कराँते महासंघका बरिस्ठ सल्लाहकार तथा नेपाल साेताेकान कराँते संघ एस के अाई एफ का प्रमुख
प्रशिक्षक निवास गाेपाल वैद्य, राष्ट्रिय रेफ्रि कमिसन सदस्य

बिज्ञापन

साथै काठमाडौ जिल्ला अध्यक्ष अन्तर्राष्ट्रिय रेफ्रि सञ्जय रञ्जित, रेफ्रि कमिसन सदस्य शान्ति तामाङ, रेफ्रि कमिसन बागमती प्रदेश सदस्य सुर्य घिसिङ, रेफ्रि कमिसन बागमती प्रदेश सह सचिव सचिन चाैलागाई, नुवाकोट जिल्ला कराँते महासंघ सह सचिव राष्ट्रिय रेफ्रि करण तामाङ, रेफ्रि सन्जय तामाङ लगायतकाे महत्त्वपूर्ण उपस्थिति रहेको थियोे । एक दर्जन बढी विद्यालयहरुकाे करिब ३०० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

बिज्ञापन
२०८२ मंसिर १५, सोमबार १७:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना