नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली टेन्डर अनिश्चितता : प्रक्रिया रोकिँदा सेवामा असर पर्न सक्ने चेतावनी

२०८२ मंसिर १७, बुधबार ०७:०९

काठमाडौं, पुस १८ ।
नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया लगातार अनिश्चित बन्दै गएको छ। करिब ५ अर्ब बराबरको ठेक्का आह्वान गरिएको महिनौँ बितिसक्दा पनि आर्थिक प्रस्ताव खोलिन नपुगेपछि टेन्डर प्रक्रिया पूर्णरूपमा रोकिएको छ।

बिज्ञापन

टेलिकमले गत चैत १८ गते नयाँ बिलिङ प्रणालीका लागि ठेक्का आह्वान गरेको थियो। प्रारम्भिक प्राविधिक मूल्यांकनपछि Huawei Technologies एकमात्र योग्य कम्पनीको रूपमा सूचीकृत भएको थियो। आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेकै अवस्थामा ‘विशेष कारण’ भन्दै मन्त्रालयले प्रक्रिया स्थगित गरेपछि विवाद चर्किएको हो।



यसबारे उठेका प्रश्न र गुनासाहरूपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले छानबिन समिति गठन गरेक थियो। समितिले आफ्नो प्रतिवेदन बुझाइसके पनि नयाँ प्रक्रिया सुरु गर्नेबारे स्पष्ट निर्णय भने आएको छैन। मन्त्रालयले टेलिकमलाई कानुनी दायराभित्र स्वतन्त्रता रहेको बताए पनि टेन्डर कत्तिबेला खुल्ने भन्ने विषय अझै अनिश्चित छ।

बिज्ञापन

उता, पुरानो बिलिङ प्रणाली पुरानो भइसकेको र त्यसलाई दीर्घकालीन रूपमा प्रयोग गर्न कठिन हुँदै गएको विशेषज्ञहरूको चेतावनी छ। सिस्टम समयमै अपडेट हुन नसक्दा सेवा अवरोध, डेटा माइग्रेसन चुनौती, डेटा गोपनीयता जोखिम जस्ता समस्या उत्पन्न हुनसक्ने बताइएको छ।

टेलिकमका स्रोतका अनुसार, प्रक्रिया ढिलाइ भएको अवस्थामा नयाँ सेवा सुचारु गर्न आवश्यक तयारीमा थप समय लाग्नेछ। “अब पनि निर्णय नआएमा सिस्टम माइग्रेसनका लागि आवश्यक समय पर्याप्त नहुन सक्छ,” एक वरिष्ठ प्रबन्धकले बताए।

बिज्ञापन

ग्राहक संख्या, सेवा विस्तार र डिजिटल कारोबारको दायरा बढ्दै गएको समयमा टेन्डर अनिश्चित रहँदा देशको एकमात्र सरकारी दूरसञ्चार कम्पनी ‘प्राविधिक जोखिम’मा पर्ने विश्लेषकहरूको निष्कर्ष छ।

२०८२ मंसिर १७, बुधबार ०७:०९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना