लमजुङ । लमजुङको लोकप्रिय पर्यटकीय क्षेत्र काउलेपानी होमस्टेबाट यतिबेला यात्रुहरूलाई आकर्षित गर्ने अर्को विशेष दृश्य देखिन थालेको छ। काउलेपानीको प्राकृतिक पहाड–पहिरो, गाउँ–बस्ती र सांस्कृतिक वातावरणसँगै यहाँबाट यशोब्रह्म शाहको ऐतिहासिक दरबार तथा हिमालशृङ्खलाको मनोरम दृष्य प्रष्ट रूपमा अवलोकन गर्न सकिन्छ।




यो क्षेत्रबाट लमजुङ हिमाल, बौद्ध हिमाल, न्यादी चुली, अन्नपूर्ण–४, हिमालचुलीलगायतका हिमालहरू अत्यन्त नजिक र भव्य देखिने भएकाले पछिल्लो समय काउलेपानीलाई ‘हिमाल अवलोकनका लागि उत्कृष्ट भ्यू–पोइन्ट’ का रूपमा चिनिन थालेको छ। बिहानको सुनौलो घामसँगै हिमालमा झल्किने रङ, स्थानीय संस्कृतिको झल्को र होमस्टेमा पाइने अतिथिसत्कारका कारण यहाँ आउने पर्यटकहरूको चाप बढ्दै गएको स्थानीयहरूको भनाइ छ।
बिज्ञापन
पर्यटन व्यवसायीहरूका अनुसार काउलेपानीलाई व्यवस्थित रूपमा प्रवर्द्धन गर्न सके लमजुङ जिल्लाको पर्यटन सम्भावना अझ विस्तार हुने विश्वास लिइएको छ।



प्रतिक्रिया दिनुहोस्