युएन पार्क नजिक पाँच सवारी ठोक्किँदा एकको मृत्यु

२०८२ मंसिर २५, बिहीबार २१:५३

ललितपुर । ललितपुरस्थित युएन पार्क नजिक आज पाँच वटा सवारीसाधन आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। रौतहटको गौर निवासी ४५ वर्षीय राजिव सिन्हाको उपचारको क्रममा निधन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

बिज्ञापन

उनका अनुसार बा ५१ प ९५६९ नम्बरको स्कुटर चलाइरहेका सिन्हा दुर्घटनामा गम्भीर घाइते भएका थिए। नर्भिक अस्पतालमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको हो।



दुर्घटनामा स्कुटरसहित कुपण्डोलतर्फबाट आउँदै गरेको बा प्र ०१–०२९ च ३८९६ नम्बरको निजी भ्यान, विपरीत दिशाबाट आएको बाप्र ०१–०२२ च ००६१ नम्बरको कार, बा २ ज ४७६० नम्बरको कार तथा बाप्र ०१–०२९ नम्बरको अर्को भ्यान एकै स्थानमा ठोक्किएका थिए।

बिज्ञापन

घटनाको विस्तृत विवरण बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बिज्ञापन
२०८२ मंसिर २५, बिहीबार २१:५३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना