ओलीको टिप्पणी : ‘हिंसा र युद्धबाट आएको परिवर्तन स्वीकार्य छैन

२०८२ मंसिर २७, शनिबार १७:५७

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिंसा र युद्धका माध्यमबाट भएका राजनीतिक परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन्।
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित पार्टीको एघारौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार नै हिंसाको पृष्ठभूमिबाट बनेको आरोप लगाए। उनले त्यस्तो प्रक्रियाबाट बनेको सरकारलाई एमालेले न स्वीकृत गर्ने र न भविष्यमा स्वीकार्ने स्पष्ट पारे।




लोकतान्त्रिक मूल्य, विधि र शान्तिपूर्ण राजनीतिक प्रक्रियामार्फत मात्रै परिवर्तन सम्भव हुने उल्लेख गर्दै ओलीले हिंसालाई वैधता दिने कुनै पनि प्रयास गलत हुने धारणा व्यक्त गरे। उनले स्थायी शान्ति, सुशासन र समृद्धिका लागि संविधान र लोकतान्त्रिक अभ्यासको सम्मान अनिवार्य रहेको बताए।

बिज्ञापन

बिज्ञापन

२०८२ मंसिर २७, शनिबार १७:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना