नेकपा एमालेमा झड्का, रूपन्देहीका जिल्ला सचिव चित्र कार्की सहित सयौँ नेता–कार्यकर्ता रास्वपामा प्रवेश

२०८२ मंसिर २९, सोमबार १८:५२

रूपन्देही । नेकपा एमाले रूपन्देहीका जिल्ला सचिव तथा पूर्व मेयर चित्र कार्की सहित सयौँ नेता–कार्यकर्ताले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्। उनीहरू औपचारिक रूपमा रास्वपामा प्रवेश भएका हुन्।

बिज्ञापन

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी युवाहरूले नेकपा एमालेको वर्तमान नेतृत्वप्रति गम्भीर असन्तुष्टि व्यक्त गरे। उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि विगतका जेनजी आन्दोलन घटनाको जिम्मेवारी नलिएको आरोप लगाउँदै भने, “७२/७३ जना विद्यार्थीको मृत्यु भएको र दर्जनौँ घाइते विद्यार्थीको कुरा सम्म पनि नलिने गरेको भन्दै यस्ता पार्टीमा नबस्ने भन्दै आक्रोशसम्म व्यक्त गरेका थिए।



उनीहरूको भनाइमा पार्टीभित्र निर्णय प्रक्रिया पारदर्शी नभएको, निरंकुश र ‘क्लब’ शैलीको नेतृत्व प्रवृत्ति हावी भएको छ। “यस्ता प्रवृत्तिमा बस्न न हामी सक्छौं, न चाहन्छौं,” उनीहरूले स्पष्ट पारे।

बिज्ञापन

रास्वपामा प्रवेश गरेका नेताहरूले वैकल्पिक राजनीतिक धार, जवाफदेही नेतृत्व र प्रोफेसनल राजनीतिक अभ्यासको अपेक्षासहित नयाँ यात्राको थालनी गरेको बताएका छन्। रास्वपा नेतृत्वले समेत सुशासन, पारदर्शिता र युवामैत्री राजनीतिका लागि सबैलाई एकताबद्ध हुन आह्वान गरेको छ।

यस घटनालाई रूपन्देहीको राजनीतिक परिदृश्यमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

बिज्ञापन
२०८२ मंसिर २९, सोमबार १८:५२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना