चर्चित पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

२०८२ पुष २, बुधबार १८:४५

काठमाडौँ । चर्चित पत्रकार राजिव खत्री आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रम काठमाडौँको वनस्थली–चमतीस्थित रास्वपाको केन्द्रीय पार्टी कार्यालय (घण्टीघर) मा सम्पन्न भएको हो।

बिज्ञापन

कार्यक्रममा रास्वपाका शुभचिन्तक, शुभेच्छुक तथा ‘घण्टी’ प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। केन्द्रीय कार्यालय परिसरमा देखिएको बाक्लो उपस्थितिले पार्टीप्रति बढ्दो जनआकर्षणलाई प्रतिबिम्बित गरेको सहभागीहरूले बताएका छन्।




कार्यक्रममा बोल्ने वक्ताहरूले वर्तमान राजनीतिक परिदृश्यलाई हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी आगामी निर्वाचनमा बहुमतसहित विजयी हुने विश्वास व्यक्त गरे। उनीहरूले पत्रकार खत्रीजस्ता चर्चित र प्रभावशाली व्यक्तित्वहरू पार्टीका सशक्त ‘पिल्लर’का रूपमा उभिने धारणा राखे।

बिज्ञापन

एक शुभचिन्तकले भने रास्वपाप्रति जनताको क्रेज निरन्तर बढ्दै गएको उल्लेख गर्दै अबको राजनीतिक शक्ति रास्वपा नै बन्ने दाबी गरे। उनका अनुसार अबको राजनीतिक परिवेशमा युवा केन्द्रित, पढेलेखेका तथा बौद्धिक वर्गका व्यक्तित्वहरूले देशको नेतृत्व गर्ने अपेक्षा जनतामा बढ्दै गएको छ।उनले भने

आज केन्द्रीय कार्यालयमा देखिएको जनसागरले आगामी निर्वाचनमा रास्वपाले बहुमत ल्याउने सम्भावनालाई थप बलियो बनाएको सहभागीहरूको भनाइ थियो।

बिज्ञापन
२०८२ पुष २, बुधबार १८:४५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना