काठमाडौँ ।
देशको मौसममा अहिले पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ।




शनिबार दिउँसो तराई क्षेत्रका अधिकांश भू–भागमा हुस्सु र कुहिरो कायम रहने अनुमान गरिएको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा मौसम प्रायः सफा रहने महाशाखाले जनाएको छ।
बिज्ञापन
आज राति पनि तराईका धेरैजसो स्थानमा हुस्सु लागिरहने सम्भावना छ। साथै गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने अन्य पहाडी तथा हिमाली क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।



प्रतिक्रिया दिनुहोस्