काठमाडौं । आगामी निर्वाचनलाई लक्षित गर्दै रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र पूर्व नेपाल विद्युत् प्राधिकरण प्रमुख कुलमान घिसिङबीच संयुक्त रूपमा अघि बढ्ने सहमति भएको छ। सोमबार साँझ भएको त्रिपक्षीय छलफलपछि कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाटै निर्वाचनमा सहभागी हुने निष्कर्ष निकालिएको हो।




सहमति अनुसार कुलमानले पार्टीमा रवि लामिछानेपछि दोस्रो वरीयता पाउनेछन् भने रास्वपाले १८ समानुपातिक सांसद लिने व्यवस्था गरिएको छ। यसअघि नै रास्वपा र बालेन शाहबीच भएको समझदारीअनुसार बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय भइसकेको छ।
बिज्ञापन
त्रिपक्षीय सहमतिपछि प्रतिक्रिया दिँदै बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेखेका छन्, “म नेपाल हाँसेको हेर्न चाहन्छु।”




प्रतिक्रिया दिनुहोस्