काठमाडौँ । झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान अवतरणका क्रममा रन–वेबाट चिप्लिएको छ । काठमाडौंबाट भद्रपुर उडान नम्बर ९०१ मा आएको 9N-AMF जहाज अवतरण गर्ने क्रममा रन–वेभन्दा केही बाहिर पुगेको झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।




विमानमा सवार ५१ जना यात्रु तथा ४ जना चालक दलका सदस्य सबै सुरक्षित रहेका छन् । उनका अनुसार अवतरणका क्रममा जहाज रन–वेबाट केही तल चिप्लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
भद्रपुरमा अवतरणका क्रममा बुद्ध एयरको जहाज रन–वे बाहिर, ५५ जना सुरक्षित



प्रतिक्रिया दिनुहोस्