पोखरामा रास्वपाको भव्य प्रवेश कार्यक्रम, जेनजी युवाको उल्लेख्य सहभागिता

२०८२ पुष १९, शनिबार २३:००

गण्डकी । गण्डकी प्रदेशको पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको भव्य प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी आएका नेता–कार्यकर्तासहित जेनजी युवा वर्गको उल्लेख्य सहभागिता रहेको थियो।

बिज्ञापन

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय नेता मनिषा झा लगायत विभिन्न विभागका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा केन्द्रीय नेता झाले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाइदिँदै सम्मानपूर्वक स्वागत गर्नुभएको थियो।



आउँदो निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी बहुमतको सरकार गठन गर्ने लक्ष्यसहित अघि बढिरहेको सन्देश कार्यक्रममा प्रस्ट रूपमा व्यक्त गरिएको थियो। कार्यक्रममा उपस्थित स्थानीय नागरिकहरूले अब कांग्रेस, एमाले र माओवादीलाई कुनै पनि हालतमा भोट नहाल्ने र हाल्न नदिने अडान व्यक्त गरे।

बिज्ञापन

उपस्थित सर्वसाधारणले मुलुकको परिवर्तनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी नै अबको विकल्प भएको भन्दै आगामी निर्वाचनमा पार्टीलाई निर्णायक रूपमा जिताउने प्रतिबद्धता जनाएका थिए ।

बिज्ञापन
२०८२ पुष १९, शनिबार २३:०० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना