नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट अन्तर्गत बेलकोटगढी नगरपालिकाको नगर अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशन बेलकोटगढी नगरपालिका–७ स्थित महादेव फाँटको जरुवाचौरमा आयोजना गरिएको थियो।

उक्त नगर अधिवेशनमा पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पूर्व खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य समीक्षा बास्कोटा, विभिन्न विभागीय सदस्यहरू, प्रदेश सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति तथा नुवाकोट जिल्लाका विभिन्न नगरपालिका र नगरपालिकाबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



अधिवेशनले सर्वसम्मत निर्णयमार्फत नयाँ नगर कार्यसमिति गठन गरेको छ। कार्यक्षमता, दक्षता र संगठनात्मक क्षमताको आधारमा नगर सभापतिमा मनोहर पन्तसहित विभिन्न पदहरूमा सदस्यहरू चयन गरिएको हो ।
बिज्ञापन
कार्यक्रममा वक्ताहरूले संगठन सुदृढीकरण, सुशासन, जवाफदेहिता तथा स्थानीय तहमा पार्टीको भूमिकालाई अझ प्रभावकारी बनाउने विषयमा धारणा राखेका थिए। अधिवेशनले आगामी दिनमा बेलकोटगढी नगरपालिकामा पार्टी गतिविधिलाई थप सशक्त बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।






प्रतिक्रिया दिनुहोस्