काठमाडौँ । आसन्न निर्वाचन नजिकिँदै जाँदा काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार तथा युवा व्यवसायी प्रदीप बिष्ट जनताको घरदैलो अभियानमा सक्रिय देखिएका छन्। आज चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ मा आयोजित घरदैलो अभियानका क्रममा स्थानीय जनताले बिष्टप्रति ठूलो भरोसा र आशा व्यक्त गरेका छन्।



घरदैलो अभियानका क्रममा स्थानीयवासीहरूले “अब हाम्रो आशा र भरोसा घन्टी चिन्ह हो, हामी घन्टीलाई नै मतदान गर्छौँ” भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीप्रति समर्थन जनाएका छन्। जनताले गरिब, दिनदुःखी तथा भुइँमान्छेको पक्षमा काम गर्ने नीति निर्माण, सबै नागरिकलाई समान रूपमा लागू हुने कानुन निर्माण र जनताको पक्षमा दृढ रूपमा उभिने नेतृत्वको आवश्यकता औँल्याएका छन्। साथै, निर्वाचन जितिसकेपछि पनि जनताको सुख–दुःखमा सधैँ साथ दिने सारथी बन्न आग्रह गरेका छन्।
त्यस अवसरमा उम्मेदवार प्रदीप बिष्टले आफू व्यक्तिगत हैसियतभन्दा माथि उठेर सबैको सहकार्यमा काम गर्ने नेता बन्ने प्रतिबद्धता व्यक्त गरे। “म सबैको सहकार्य गर्ने नेता बन्न चाहन्छु। जनताको विश्वासलाई कहिल्यै टुट्न दिने छैन,” उनले भने।
बिज्ञापन






प्रतिक्रिया दिनुहोस्