झापामा ओलीः आन्दोलनको नाममा आपराधिक तत्वले विध्वंस मच्चाए

२०८२ माघ २६, सोमबार १५:३४

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जीवनभर बालबालिका र युवाको हितका लागि काम गरेको आफूलाई आज बालबालिका हत्या गरेको आरोप लगाइनु गलत र आपत्तिजनक भएको बताएका छन्।




झापाको गौरीगञ्जमा स्थानीय मतदातासँग भएको छलफल कार्यक्रममा अध्यक्ष ओलीले भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनका क्रममा आपराधिक तत्वहरू घुसेर तोडफोड र विध्वंस मच्चाएको दाबी गरे। ती आपराधिक तत्वहरूले नै उल्टै आफूमाथि गोली चलाएको र मान्छे मारेको आरोप लगाउने प्रयास भइरहेको उनको भनाइ थियो।

बिज्ञापन

“म सधैं बालबालिका र युवालाई माया गर्ने मान्छे हुँ। युवाको विकास र उत्थानका लागि जीवनभर लागिरहेको छु,” ओलीले भने, “तर आज मलाई नै बालबालिका मारेको आरोप लगाइँदैछ। के प्रधानमन्त्रीको हातमा बन्दुक हुन्छ ?”

बिज्ञापन

अध्यक्ष ओलीले आन्दोलनको नाममा भएको हिंसा र अराजकतामा संलग्न तत्वहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिँदै जनतालाई भ्रममा पार्ने प्रयास भइरहेको बताए।

बिज्ञापन
२०८२ माघ २६, सोमबार १५:३४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना