काठमाडौंका ८४ डिलरमा नेपाल ग्यासका ६,८७० सिलिन्डर आपूर्ति

२०८२ माघ २७, मंगलवार १४:४०

काठमाडौं । बजारमा एलपी ग्यास आपूर्ति केही असहज बन्दै गएको समयमा नेपाल ग्यासले काठमाडौं जिल्लामा ग्यास आपूर्ति बढाएको छ। उद्योगका अनुसार बुधबार मात्रै काठमाडौंका ८४ वटा डिलरमार्फत ६ हजार ८७० थान ग्यास सिलिन्डर बिक्रीका लागि बजारमा पठाइएको हो।


ग्यास अभावको चर्चा बढेसँगै उपभोक्ताको विश्वास र माग नेपाल ग्यासतर्फ बढेको कम्पनीको भनाइ छ। यही मागलाई ध्यानमा राख्दै उपभोक्ताले आफूलाई नजिक पर्ने आधिकारिक डिलरबाट सहज रूपमा ग्यास खरिद गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ।

बिज्ञापन

काठमाडौं उपत्यकामा उपभोक्ताको संख्या धेरै रहेकाले आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न पनि नेपाल ग्यासले आग्रह गरेको छ। कम्पनीका अनुसार हाल काठमाडौंका विभिन्न बजारमा नेपाल ग्यासका मात्रै करिब आठ लाख सिलिन्डर चलनचल्तीमा रहेका छन्।

बिज्ञापन

नेपाल ग्यासले आपूर्ति व्यवस्थापनलाई निरन्तरता दिँदै बजारको मागअनुसार ग्यास उपलब्ध गराइरहने प्रतिबद्धता पनि जनाएको छ।

बिज्ञापन
२०८२ माघ २७, मंगलवार १४:४० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना