बच्चादेखि वृद्धसम्मको मन जित्दै घण्टीका उम्मेदवार प्रदीप बिष्ट

२०८२ माघ २८, बुधबार १४:५७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँका उम्मेदवार प्रदीप बिष्ट यतिबेला घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्। घरदैलोका क्रममा उनी बच्चादेखि वृद्धसम्मका नागरिकको मन जित्न सफल भएको देखिएको छ।

बिज्ञापन

मतदातासँग भेटघाट गर्दै भोट माग्न पुगेका बिष्टलाई स्थानीयवासीले आत्मीय स्वागत गरेका छन्। विशेषगरी वृद्ध आमाबुवाले आशीर्वाद दिँदै उनको जितको शुभकामना व्यक्त गरेका थिए।

बिज्ञापन

आज चन्द्रागिरी नगरपालिका–१० अन्तर्गत रहेको योगा आश्रममा पनि उनलाई खादा, माला तथा टीका लगाएर स्वागत गरिएको थियो। स्थानीयले परिवर्तन र जिम्मेवार नेतृत्वको अपेक्षा राख्दै समर्थन जनाएका छन्।

यस अवसरमा उम्मेदवार बिष्टले जनताको आशा र भरोसालाई कुनै हालतमा टुट्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्ने र क्षेत्रको समग्र विकासका लागि आफू निरन्तर लागिरहने बताएका छन्।

बिज्ञापन

आसन्न निर्वाचन नजिकिँदै जाँदा बिष्टको घरदैलो अभियान थप सक्रिय बन्दै गएको छ।
तस्वीरहरु= फोटो पत्रकार श्याम अधिकारी

Oplus_131072

Oplus_131072

Oplus_131072

२०८२ माघ २८, बुधबार १४:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना