झापामा ओलीको अभिव्यक्ति : “देउवाको घरमा जलेको भनिएको पैसा नक्कली”

२०८२ फाल्गुन ६, बुधबार ०६:४८

झापा । केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरमा जलेको भनिएको पैसाको विषयमा पुनः टिप्पणी गर्दै त्यसलाई ‘नक्कली’ भएको दाबी गरेका छन्।

बिज्ञापन

झापामा घरदैलो कार्यक्रमका क्रममा मतदातासँगको संवादमा ओलीले उक्त अभिव्यक्ति दिएका हुन्। सो अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा रहेको छ।

बिज्ञापन

घरदैलोका क्रममा एक मतदाताले जेनजी आन्दोलनताका देउवासहित केही नेताका घरमा पैसा जलेको विषय उठाउँदै प्रश्न गरेका थिए । जवाफमा ओलीले प्रतिप्रश्न गर्दै “कसकोमा जल्यो त?” भनी सोधे।

त्यसक्रममा उपस्थित एक सहयोगीले “जसको जलेको हो, उसैलाई सोध्नुस्” भन्दै प्रश्नकर्तालाई प्रतिवाद गरेका थिए। त्यसपछि ओली फेरि ती मतदाता फर्किँदै “जो जलेको देखियो नि, त्यो पनि नक्कली हो?” भन्दै आफ्नो अडान दोहोर्‍याए।

बिज्ञापन

मतदाताले सवालमा भने तपाईहरु यसरी झुट बोल्ने नेताप्रति हामी कसरी विश्वास गर्ने भोलि विद्यार्थी मरेको पनि नक्कली हो एआइले बनाएको हो भन्छ। हामी जनता झुट बोल्ने नेतालाई होइन देश बनाउने नेताको खोजीमा छौं।

२०८२ फाल्गुन ६, बुधबार ०६:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना