काठमाडौं । ऋषि कट्टेल पक्राउ परेका छन्। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई कीर्तिपुरबाट नियन्त्रणमा लिएको हो।


कार्यालयका अनुसार कट्टेलसहित उक्त पार्टीका चार जना नेताकार्यकर्ता हालसम्म पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जनाइएको छ।
बिज्ञापन
प्रहरीले निर्वाचन प्रक्रियामा अवरोध पुर्याउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट गर्दै शान्ति–सुरक्षा कायम राख्न विशेष निगरानी बढाइएको जनाएको छ। यस घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ।



प्रतिक्रिया दिनुहोस्