सिन्धुलीमा निर्माणाधीन मासु प्रशोधन उद्योगमा झडप, सात जना घाइते

२०८२ फाल्गुन १३, बुधबार ०८:२६

सिन्धुली । मरिण गाउँपालिका–४ साहानस्थित निर्माणाधीन हिमालयन फुड कम्पनीमा चाइनिज र स्थानीय कामदारबीच भएको झडपमा सात जना घाइते भएका छन्।



जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मरिण गाउँपालिका–६ धमिलेका ३० वर्षीय नवराज बम्जनलाई कामबाट निकालिएको विषयमा सुरु भएको भनाभन चर्किँदै जाँदा हातहालाहालको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा दुवै पक्षका कामदार घाइते भएका हुन्।

बिज्ञापन

घाइते सबैलाई उपचारका लागि कपिलाकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको प्रहरीले जनाएको छ। उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

बिज्ञापन

२०८२ फाल्गुन १३, बुधबार ०८:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना